काठमाडौं। प्राइम कमर्सियल बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको हो।
बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर लगायतले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
बैंकले बाढी प्रभावितलाई ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्य सामग्री पनि सहयोग गरेको छ।