काठमाडौं। रसुवा नाका हुँदै ल्याउन लोड गरिएका कन्टेनर बुधबारको बाढीले केरुङमै रोकिएपछि व्यवसायीहरुले कोरला नाकातर्फ डाइभर्ट गर्न पहल थालेका छन्।
बुधबारको बाढीले रसुवा नाका ध्वस्त भएपछि केरुङतर्फ रोकिएका १७६ वटा कन्टेर व्यवसायीले अब कोरला नाका हुँदै ल्याउने तयारी गरेका हुन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले सामान लोड गरिएका १७६ कन्टेनर केरुङतर्फ सुरक्षित रहेको र अब कोरला नाकाबाट ल्याउन पहल थालेको बताए।
‘केरुङमा ३५० भन्दा बढी नेपाली चालक/ सहचालकसहित ठूलो परिमाणमा सामान अलपत्र छ,’ उनले भने ‘कन्टेनरमा रहेका सामान लामो समय नल्याए बिग्रन सक्छ। त्यसैले उता रोकिएका मानिस र सामान ल्याउन हामीले पहल गरिरहेका छौं। केरुङमा हेको सामान डाइभर्ट गरेर कोरलातर्फ लान चिनियाँ पक्षले स्वीकृति चाहिन्छ।’