BIZMANDU
www.bizmandu.com

इन्दु घिमिरे सचिवमा बढुवा, मंगलबारबाट रक्षा मन्त्रालयको नेतृत्व, गृहमा केदारनाथ शर्मा

२०८३ भदौ १२

इन्दु घिमिरे सचिवमा बढुवा, मंगलबारबाट रक्षा मन्त्रालयको नेतृत्व, गृहमा केदारनाथ शर्मा
इन्दु घिमिरे सचिवमा बढुवा, मंगलबारबाट रक्षा मन्त्रालयको नेतृत्व, गृहमा केदारनाथ शर्मा

काठमाडौं। सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेको हो।

Vigo
GBIME
Tata

घिमिरेलाई सचिवमा बढुवा गरी मंगलबारबाट रक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी पदस्थापना गरिएको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए। घिमिरे हाल पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखका रुपमा कार्यरत छिन्।

मुख्यसचिवका अनुसार रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई मंगलबारबाट नै लागू हुने गरी गृह मन्त्रालयमा सरुवा गरिएको छ। हालका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार अवकाश पाउँदैछन्।