काठमाडौं। रवीन्द्र ढाँट रोडटू यूएफसीको फाइनलमा पुगेका छन्। आज सम्पन्न खेलमा न्युजिल्याण्डका कासिब मुरडोकलाई हराउँदै फाइनल पुगेका हुन्।
पहिलो सेटमा पछि परेका ‘बझाङ्गी बाघ’ नामले चिनिने ढाँटको दोस्रो सेट औशत भएको थियो। टेक्निकल प्रतिस्पर्धिविरुदध तेस्रो सेटमा आफ्नो पावरको सक्दो प्रयोग गर्दै ढाँटले कमब्याक गर्न सफल भए।
चीनको संघाइमा जारी प्रतियोगिताको सेमिफाइनलको खेल जितेपछि उनले नेपालमा बाढीका कारण उत्पन्न स्थितिमा सहयोग गर्न अपिल गरे। ‘नेपालमा गाह्रो भइरहेको छ। सहयोग गर्नुहोला। जय नेपाल। जय हनुमान।’ उनले भने।