BIZMANDU
www.bizmandu.com

सरकारलाई निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग, सूर्य नेपालले दियो १५ करोड

२०८३ भदौ १२

सरकारलाई निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग, सूर्य नेपालले दियो १५ करोड
सरकारलाई निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग, सूर्य नेपालले दियो १५ करोड

काठमाडौं। बाढी प्रभावितहरुको राहत तथा पुनर्स्थापनाका लागि सरकारले निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग पाएको छ। सूर्य नेपालले सरकारलाई १५ करोड रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो।

कम्पनीका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि सूर्य नेपालले गरेको सहयोग निजी क्षेत्रका तर्फबाट अहिलेसम्मकै सबैभन्दा धेरै हो। यसअघि गोर्खा ब्रुअरीले बिहीबार १० करोड रुपैयाँ सहयोग गरेको थियो।