काठमाडौं। बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्सले सरकारलाई २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
आफूले दिएको रकमले विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।