BIZMANDU
www.bizmandu.com

राजमार्ग बन्द हुँदा काठमाडौंमै रोकिए मालबाहक ट्रक, बल्खुदेखि कलंकीसम्म लामबद्ध (तस्विरहरु)

२०८३ भदौ १२

राजमार्ग बन्द हुँदा काठमाडौंमै रोकिए मालबाहक ट्रक, बल्खुदेखि कलंकीसम्म लामबद्ध (तस्विरहरु)
राजमार्ग बन्द हुँदा काठमाडौंमै रोकिए मालबाहक ट्रक, बल्खुदेखि कलंकीसम्म लामबद्ध (तस्विरहरु)

काठमाडौं । रसुवामा आएको बाढीका कारण काठमाडौं जोड्ने मुख्य राजमार्गहरु अवरुद्ध छन्। बाढीको असर नुवाकोट, धादिङ र चितवनसम्म परेको छ।

Vigo
GBIME
Tata

मुख्य राजमार्गहरु अवरुद्ध हुँदा ढुवानीका सामान बोकेका मालवाहक ट्रकहरु कलंकी र नागढुंगा नाकामा रोकिएका छन्। बल्खुदेखि नै ट्रकहरु लामबद्ध राखिएका छन्।

सडक खुल्ने पर्खाइमा चालकहरु सवारीसाधनभित्रै कुर्न बाध्य भएका छन्। बाढीका कारण मुख्य राजमार्गहरु ठप्प भएपछि उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको लामो लाइन लागेको हो।

प्रहरी र उद्धार टोलीले सडक संचालनमा ल्याउन प्रयास गरिरहेका छन्।