BIZMANDU
www.bizmandu.com

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मानिसहरूलाई उच्च स्थानमा पठाइँदै

२०८३ भदौ १२

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मानिसहरूलाई उच्च स्थानमा पठाइँदै
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मानिसहरूलाई उच्च स्थानमा पठाइँदै

काठमाडौं। भोटेकोशीमा पुनः बाढी आउन सक्ने जोखिमपछि सुरक्षाकर्मीले मानिसलाई सुरक्षित स्थानतर्फ पठाउन थालेका छन्।

Vigo
GBIME
Tata

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विदुर बजार क्षेत्रका मानिसलाई डाँडातिर सारिएको छ। प्रहरीले माइकिङ गर्दै नदी किनारमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।

विदुर बजार क्षेत्रमा अहिले मानिसलाई उच्च भूभागतर्फ पठाउने काम भइरहेको छ। सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन्।

नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत बाढी प्रभावित क्षेत्रको हवाई रेक्की जारी राखेको छ। बाढीको अवस्था र जोखिमयुक्त क्षेत्रको जानकारी संकलन गर्न सेनाले हवाई निगरानी गरिरहेको हो।