BIZMANDU
www.bizmandu.com

उपत्यकासहित देशको मध्य भागमा एकाएक बिजुली गएकामा यस्तो छ प्राधिकरणको प्रष्टीकरण

२०८३ भदौ १२

उपत्यकासहित देशको मध्य भागमा एकाएक बिजुली गएकामा यस्तो छ प्राधिकरणको प्रष्टीकरण
उपत्यकासहित देशको मध्य भागमा एकाएक बिजुली गएकामा यस्तो छ प्राधिकरणको प्रष्टीकरण


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्रष्टीकरण दिएको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन ‘सटडाउन’मा रहेका बेला खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि विद्युत अवरुद्ध हुन पुगेको प्रष्टीकरण दिएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले प्राधिकरणलाई उद्यृत गरे अनुसार शुक्रबार बिहान ६ः४० बजेदेखि हेटौंडा-अमलेखगञ्ज र कमाने-अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए। त्यस समयमा विद्युत् प्रणाली ढल्केबर-खुर्कोट-खिम्ती-भक्तपुर-स्युचाटार प्रसारण मार्गबाट सञ्चालन गरिएको थियो।

यसै क्रममा बिहान ८ः५२ बजे खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनको सर्किट-१ को तार चुँडिएर लाइन ट्रिप भएको थियो। त्यसपछि बिहान ९ः१८ बजे सोही प्रसारण लाइनको सर्किट-२ समेत ट्रिप भएपछि विद्युत् प्रसारण सम्पर्क विच्छेद हुँदा उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

त्यसपछि प्राधिकरणले वैकल्पिक प्रसारण मार्ग भारतको उत्तर प्रदेशस्थित सम्पतिया सबस्टेसनबाट मैनहिया सबस्टेसन हुँदै विद्युत् आपूर्ति सञ्चालन गरेको हो।

प्राविधिक टोलीले अवरुद्ध प्रसारण प्रणालीको स्थलगत निरीक्षण तथा आवश्यक मर्मत सम्भारको काम गरिरहेको प्राधिकरणले जनाएको छ।