BIZMANDU
www.bizmandu.com

रसुवागढी जलविद्युत् आयोजनामा फसेका चार कर्मचारीको सेनाले गर्‍यो सकुशल उद्धार

२०८३ भदौ १२

रसुवागढी जलविद्युत् आयोजनामा फसेका चार कर्मचारीको सेनाले गर्‍यो सकुशल उद्धार
रसुवागढी जलविद्युत् आयोजनामा फसेका चार कर्मचारीको सेनाले गर्‍यो सकुशल उद्धार

काठमाडौं। रसुवागढी जलविद्युत् आयोजनामा फसेका चार कर्मचारीको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

Vigo
GBIME
Tata

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको सकुशल उद्धार भएको जानकारी दिए।

उनका अनुसार अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धारका लागि आवश्यक सामग्रीसहित सुरक्षाकर्मीको टोली परिचालन भएको छ। सुरुङमार्ग भित्र रहेकाहरूको उद्धारका लागि डेडिकेटेड हेलिकोप्टरमार्फत सामान लगेर टोली परिचालन गरिएको छ।

मन्त्री श्रेष्ठका अनुसार त्रिशूली-३ ‘बी’ आयोजनाका कर्मचारीको पनि उद्धारका लागि आवश्यक तयारी भइरहेको छ।