काठमाडौं। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले विद्युतीय एसयूभी लिपमोटर सी१० मा २ लाख रुपैयाँ छुट गर्ने घोषणा गरेको छ।
कम्पनीले लिपमोटर सी१० को २०२६ मोडलका लागि विशेष अफर मूल्य भन्दै ७५.९९ लाख रुपैयाँ कायम गरेको हो। कम्पनीका अनुसार पछि गाडीको मूल्य ७७.९९ लाख रुपैयाँ हुनेछ।
यो गाडीमा अपडेटेड स्मार्ट कनेक्टिभिटी सुविधा समावेश छ। जसमा लिपमोटर एपका साथै एप्पल कार प्ले र एन्ड्रोइड अटोको सुविधा छ।
उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि सेल-टु-चेसिस प्रविधिमा निर्मित यो एसयूभीमा १६० किलोवाटको रिअर व्हील ड्राइभ मोटर छ जसले एक पटकको फुल चार्जमा ५३० किमी रेन्ज दिन्छ।

इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्गमिटरको प्यानोरमिक ग्लासरूफ र आरामदायक प्रिमियम लेदर सिट छन्।