BIZMANDU
www.bizmandu.com

रसुवा र नुवाकोटका नदी किनार नजिकका मानिसलाई सुरक्षित ठाउँमा सार्दै सुरक्षाकर्मी

२०८३ भदौ १२

रसुवा र नुवाकोटका नदी किनार नजिकका मानिसलाई सुरक्षित ठाउँमा सार्दै सुरक्षाकर्मी
रसुवा र नुवाकोटका नदी किनार नजिकका मानिसलाई सुरक्षित ठाउँमा सार्दै सुरक्षाकर्मी

काठमाडौं। तिब्बतमा पुनः ड्याम्प फुटेको जानकारी आएपछि सुरक्षाकर्मीले रसुवा र नुवाकोटका नदी किनार नजिकका मानिसलाई सुरक्षित स्थानमा पठाउन थालेका छन्।

Vigo
GBIME
Tata

भोटेकोशीमा पुन: बाढी आएको खबरपछि नदी किनार नजिकका बस्तीमा बस्नेहरुलाई सुरक्षित स्थानमा पठाउन थालिएको हो। बिजमाण्डूका फोटो पत्रकार प्रविण रानाभाटका अनुसार अहिले विदुर बजार क्षेत्रका मानिसलाई डाँडातिर पठाइएको छ। प्रहरीले माइकिङ समेत गर्न थालेको छ।

‘यहाँ मानिसहरुलाई सुरक्षित स्थानका रुपमा डाँडातिर पठाइएको छ,’ रानाभाटले भने।

नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत बाढीको रेक्की थालेको छ।