BIZMANDU
www.bizmandu.com

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको सेनाले गर्‍यो उद्धार

२०८३ भदौ ११

अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको सेनाले गर्‍यो उद्धार
अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको सेनाले गर्‍यो उद्धार


काठमाडौं। ​रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जनाको नेपाली सेनाले उद्धार गरेको छ।  

Vigo
GBIME
Tata

नेपाली सेनाको टोलीले बिहीबार टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरेको हो। टनेलमा अझै १०० जनाभन्दा बढी रहेकाले सुरक्षित बाहिर निकाल्ने प्रयास सेनाले गरिरहेको छ।

सेनाले जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर उद्धार कार्यलाई निरन्तरता दिएको छ। सीक्यूआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रुबेसी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकु बेसीका विभिन्न स्थानहरूबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

सेनाले बिहीबार प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरेको हो।