BIZMANDU
www.bizmandu.com

अर्थ मन्त्रालयमार्फत २४ घण्टामा राहत कोषमा २७ करोड ३३ लाख संकलन, कसले गरे सहयोग?

२०८३ भदौ ११

अर्थ मन्त्रालयमार्फत २४ घण्टामा राहत कोषमा २७ करोड ३३ लाख संकलन, कसले गरे सहयोग?
अर्थ मन्त्रालयमार्फत २४ घण्टामा राहत कोषमा २७ करोड ३३ लाख संकलन, कसले गरे सहयोग?


काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा अर्थ मन्त्रालयमार्फत बिहीबारमात्रै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ।

Vigo
GBIME
Tata

बुधबार साँझ प्रधानमन्त्री कार्यालयले राहत कोषमा रकम जम्मा गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो। त्यसपछि देश विदेशबाट लाखौं रकम संकलन हुन थालेको हो।

अर्थ मन्त्रालयमार्फत बिहीबार कुमारी बैंक, गोर्खा ब्रुअरी, एनसेल, एनआइसी एसिया बैंक, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजलगायतले रकम हस्तान्तरण गरेका छन्।

त्यस्तै शिवशक्ति ग्रुप, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सारस वेभरेज (रेडबुल), राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले राहत कोषमा सहयोग गरेका छन्। यीमध्ये अधिकांश अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेका छन्।

व्यक्तिगत र संस्थागतरुपमा कार्यालयले सार्वजनिक गरेको कोषमा रकम जम्मा भइरहेको छ। क्यूआर र बैंक खातामार्फत पनि ठूलो रकम सिधै राहत कोषमा जम्मा भइरहेको छ।

विभिन्न बैंक खातामा सिधै व्यक्तिगत र संस्थागतरुपमा देश विदेशबाट रकम जम्मा भइरहेकाले कुल रकम भने यकिन नभएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिए।