BIZMANDU
www.bizmandu.com

ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवा बाढी पीडितका लागि सात लाख बराबरको सहयोग

२०८३ भदौ ११

ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवा बाढी पीडितका लागि सात लाख बराबरको सहयोग
ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवा बाढी पीडितका लागि सात लाख बराबरको सहयोग

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवा बाढी पीडितका लागि सरकारलाई सात लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। कम्पनीले बिहीबार सहायता हस्तान्तरण गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीले कूल २० लाख रुपैयाँ बराबरको सहायताको लक्ष्य राखेको छ। अझै थप १३ लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य रहेको अध्यक्ष अर्जुन श्रेष्ठले बताए।

चितवन रहेको फर्मास्युटिकल्स २०१७ मा स्थापना भएको हो। २०२२ देखि कम्‍पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो।

कम्पनीले कार्डियो-डायबेटिक, न्युरोसाइकियाट्रिकलगायत अन्य विशेष उपचार समूहका औषधि उत्पादन गर्दै आएको छ।