BIZMANDU
www.bizmandu.com

शारडा र जाजु ग्रुपको लगानीका उद्योगले विपद पीडितलाई ६० लाखको राहत दिने प्रतिबद्धता

२०८३ भदौ ११

शारडा र जाजु ग्रुपको लगानीका उद्योगले विपद पीडितलाई ६० लाखको राहत दिने प्रतिबद्धता
शारडा र जाजु ग्रुपको लगानीका उद्योगले विपद पीडितलाई ६० लाखको राहत दिने प्रतिबद्धता


विराटनगर। शारडा र जाजु ग्रुपको संयुक्त लगानी रहेका उद्योगका तर्फबाट प्राकृतिक विपत्ति पीडितका लागि ६० लाख मूल्य बराबरका राहत सामग्री प्रदान गर्ने घोषणा गरिएको छ।

Vigo
GBIME
Tata

उद्योगीद्वय पवनकुमार शारडा र महेश जाजूले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसमक्ष राहतसामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

शारडा र जाजूले एक लाख पाकेट चाउचाउ, एक लाख पाकेट बिस्कुट र एक लाख पाकेट टेट्राप्याक जुस विपत्ति पीडितका लागि तत्काल उपलब्ध गराउने लामिछानेलाई जानकारी गराए।

शारडा र जाजुको संयुक्त लगानीमा रहेको एसियन थाई फुड्सबाट चाउचाउ र जुस तथा एसियन बिस्कुट एन्ड कन्फेक्सनरी उद्योगबाट बिस्कुट प्रदान गरिने भएको हो।

उद्योगीद्वयले अध्यक्ष लामिछानेलाई सीएनआई कोशीका तर्फबाट ध्यानाकर्षणपत्र हस्तान्तरण गर्र्दै नीतिगत अस्थिरता र प्रक्रियागत झन्झटले लगानीकर्ता अलमलमा परेको हुँदा दीर्घकालीन रणनीतिक योजना र कार्यक्रम ल्याउन आग्रह गरे। सीएनआई कोशीमा शारडा अध्यक्ष र जाजु सल्लाहकार छन्।

पत्रमा निजी क्षेत्र र सरकारबिच बलियो सहकार्य नभई आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै उद्योगी व्यवसायीले सुरक्षित र निर्धक्क भएर लगानी गर्ने वातावरण बनाउन सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइएको छ।

शारडा र जाजु दुबैले आगामी चाडबाडका लागि सरकारले नेपालमा पर्याप्त उत्पादन हुन नसक्ने चिनी लगायतका अत्यावश्यक वस्तुमा तत्काल भन्सार महसुल घटाएर सहजीकरण गर्नुपर्ने बताए।