BIZMANDU
www.bizmandu.com

हिमालयन रि-इन्स्योरेन्सकी सीइओ पौडेल पक्राउ, बीमा ऐन विपरीत कसुर गरेको आरोप

२०८३ भदौ ११

हिमालयन रि-इन्स्योरेन्सकी सीइओ पौडेल पक्राउ, बीमा ऐन विपरीत कसुर गरेको आरोप
हिमालयन रि-इन्स्योरेन्सकी सीइओ पौडेल पक्राउ, बीमा ऐन विपरीत कसुर गरेको आरोप

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) उपसना पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पौडेललाई बबरमहलबाट पक्राउ गरेको हो। जिल्ला अदालतबाट पक्राउ अनुमतिपछि बिहीबार पौडेललाई पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बीमा ऐन विपरीतको कसुरमा पौडेल पक्राउ परेको प्रहरीले जनाएको छ।

नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरिएको निरीक्षण प्रतिवेदन अनुसार पौडेलले बीमा ऐनको दफा १४०(१) बमोजिम कसुर गरेको प्रहरीको आरोप छ।