BIZMANDU
www.bizmandu.com

पृथ्वी राजमार्ग तत्काल सञ्चालन गर्न कठिन, पाँचमध्ये एक ठाउँको मात्र लेदो हटाइयो

२०८३ भदौ ११

पृथ्वी राजमार्ग तत्काल सञ्चालन गर्न कठिन, पाँचमध्ये एक ठाउँको मात्र लेदो हटाइयो
पृथ्वी राजमार्ग तत्काल सञ्चालन गर्न कठिन, पाँचमध्ये एक ठाउँको मात्र लेदो हटाइयो

काठमाडौं। पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।

Vigo
GBIME
Tata

त्रिशूली नदीको बाढीका कारण सडकमा जमेको लेदो पन्छाउने काम नसकिएका कारण राजमार्ग तत्काल सञ्चालनमा ल्याउन नसकिने देखिएको हो।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, सडक विभागका कर्मचारीले बिहिबार बिहानैदेखि लेदो पन्छाउन सुरु गरे पनि सकिएको छैन।

राजमार्ग अन्तर्गत गजुरी गाउँपालिकाका पाँच ठाउँमा बाढीले अवरोध गरेकामा एक ठाउँको मात्र लेदो हटाइएको छ।

‘पाँच ठाउँमध्ये एक ठाउँको मात्र लेदो हटाइएको छ। बाँकी ठाउँमा काम भइरहेको छ,’ बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद धमलाले भने।