काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको पैसा प्राकृतिक प्रकोप पीडितको औषधोपचार र उद्धार/राहत कार्यमा खर्च गर्न पाउने भएका छन्।
राष्ट्र बैकले बिहीबार बैंक तथा वित्तीय संस्थाको संस्थागत समाजिक उत्तादायित्व सम्बन्धी मार्गदर्शन, २०८३ मा तेस्रो संशोधन गर्दै सो व्यवस्था गरेको हो।
संशोधित व्यवस्था अनुसार, बैंक तथा वित्तीय संस्थाले प्राकृतिक प्रकोप तथा महामारी पीडितलाई लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडालगायत बन्दोबस्तीका सामग्री तथा पीडितको औषधोपचार र उद्धार/राहत कार्यमा सीएसआरबाट खर्च गर्न पाउनेछन्।