BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा परेर ३२ देशका ६६७ पर्यटक सम्पर्कविहीन, कुन देशका कति?

२०८३ भदौ ११

भोटेकोशी बाढीमा परेर ३२ देशका ६६७ पर्यटक सम्पर्कविहीन, कुन देशका कति?
भोटेकोशी बाढीमा परेर ३२ देशका ६६७ पर्यटक सम्पर्कविहीन, कुन देशका कति?

काठमाडौं। भोटैकोशी नदीमा आएको बाढीमा परेर ३२ देशका ६६७ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले बिहीबार साँझ साढे ५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार ६६७ मध्ये १२७ नेपाली पर्यटक हुन्।

Vigo
GBIME
Tata

सम्पर्कविहीन पर्यटकमा सबैभन्दा धेरै भारतीय छन्। भारतका १७८ जना, अमेरिकी ६५ जना, युक्रेनका ५३ जना, मलेसियाका ५१ जना र अस्ट्रेलियाका ३५ जना सम्पर्कमा आएका छैनन्।

त्यस्तै क्यानडाका २५, चीनका २४ र बेलायतका ३३ पर्यटक पनि हालसम्म सम्पर्कमा नआएको बोर्डले जनाएको छ।

भारतका ११, दक्षिण कोरियाका ४, अमेरिका, रसिया र इटलीका २/२ तथा बुल्गेरिया र स्विजरल्यान्डका १/१ पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएका अन्य ८ जनाको पहिचान हुन नसकेको बोर्डले जनाएको छ।