काठमाडौं। पर्यटन विभागले गोसाइँकुण्ड पुगेका पर्यटकलाई वैकल्पिक मार्ग हुँदै फर्किन आग्रह गरेको छ।
गोसाइँकुण्डबाट सूर्यकुण्ड पास, हाइक्याम्प, घोप्टेभीर हुँदै आउन विभागले वैकल्पिक रुट दिएको छ। त्यहाँबाट घ्याङ्फेदी, समुन्द्रटार हुँदै टोखा आउन सकिने विभागले जनाएको छ।
यसअघि गोसाइँकुण्ड आउन-जानका लागि बिदुर, धुन्चे, देउराली, लौरीविनाको बाटो प्रयोग हुँदै आएको थियो।
भोटेकोशी बाढी उक्त रुटको अधिकांश भागमा क्षति पुगेपछि वैकल्पिक बाटोबाट फर्किन पर्यटन विभागले आग्रह गरेको हो।