BIZMANDU
www.bizmandu.com

माथिल्लो त्रिशूली-१ मा कार्यरत ९४ जना अझै सम्पर्क बाहिर, २१२ जना उद्धारको पर्खाइमा

२०८३ भदौ ११

माथिल्लो त्रिशूली-१ मा कार्यरत ९४ जना अझै सम्पर्क बाहिर, २१२ जना उद्धारको पर्खाइमा
माथिल्लो त्रिशूली-१ मा कार्यरत ९४ जना अझै सम्पर्क बाहिर, २१२ जना उद्धारको पर्खाइमा


काठमाडौं। विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी कर्मचारी अझै सम्पर्कमा नरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले जनाएको छ।

Vigo
GBIME
Tata

इप्पानका अनुसार निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना अझै सम्पर्कमा आएका छैनन्। तीमध्ये आधा नेपाली र आधा विदेशी हुन्।

आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना सम्पर्कबिहीन छन्। तीमध्ये ८ जना कोरियन नागरिक हुन्।

आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्क बिहीन छन्।

इप्पानका अनुसार आयोजनामा कार्यरत १२ जना हेडवर्क्स क्षेत्रमा र २०० जनाभन्दा बढी विद्युतगृह क्षेत्रमा उद्धारको पर्खाइमा छन्।

१११ मेगावाटको रसुवागढी आयोजनाका ५१ जना, ५ मेगावाटको मैलुङ खोला आयोजनाको विद्युतगृहमा कार्यरत ८ जना र १२० मेगावाटको भोटेकोशी आयोजनामा कार्यरत सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना र २० मेगावाटको लाङटाङ खोला आयोजनाका ६० जना सम्पर्कमा छैनन्। रसुवागढी आयोजनाका ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएका छन्।