BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितलाई सरकारी खातामा पैसा जम्मा गर्दा कारोबारको अधिकतम सीमा नलाग्ने

२०८३ भदौ ११

बाढी प्रभावितलाई सरकारी खातामा पैसा जम्मा गर्दा कारोबारको अधिकतम सीमा नलाग्ने
बाढी प्रभावितलाई सरकारी खातामा पैसा जम्मा गर्दा कारोबारको अधिकतम सीमा नलाग्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बाढी प्रभावितको सहयोगका लागि सरकारले संचालनमा ल्याएको खातामा रकम जम्मा गर्दा कारोबारको सीमा नलाग्ने व्यवस्था गरेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्दा अधिकतम कारोबारको सीमा लागू नहुने व्यवस्था गरेको हो। अरुका हकमा २० लाख रुपैयाँको सीमा छ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पैसा जम्मा गर्न चाहनेहरुका लागि ९ वटा बैंकमा खाता खोलेको छ। यस्तै प्रधानमन्त्री राहत कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता संचालन गरिएको छ।