BIZMANDU
www.bizmandu.com

एफएनसीसीआइ कोशी अध्यक्ष राउतले गरे बाढी पीडितलाई ११ लाख सहयोग, ‘हातेमालो गरौँ’

२०८३ भदौ ११

एफएनसीसीआइ कोशी अध्यक्ष राउतले गरे बाढी पीडितलाई ११ लाख सहयोग, ‘हातेमालो गरौँ’
एफएनसीसीआइ कोशी अध्यक्ष राउतले गरे बाढी पीडितलाई ११ लाख सहयोग, ‘हातेमालो गरौँ’


विराटनगर। विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले गहिरो दुः ख व्यक्त गरेको छ। महासंघ कोशी अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका छन्।

Vigo
GBIME
Tata

महासंघ कोशीद्वारा जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्मा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। घटनामा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विपत्‌को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र घरबारविहीन भएका परिवारहरूलाई तत्काल सुरक्षित वासस्थान, खाद्यान्न एवं राहत सामग्री उपलब्ध गराउन महासंघले नेपाल सरकारसँग अनुरोध गरेको छ।

अध्यक्ष राउतले विपत्तिको सामना गर्न सबैको हातेमालो जरुरी रहेको उल्लेख गरेका छन्।