BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेन बाढीमा घाइते भएकाहरुको अवस्था बुझेर विदुरबाट फर्किए काठमाडौं

२०८३ भदौ ११

प्रधानमन्त्री बालेन बाढीमा घाइते भएकाहरुको अवस्था बुझेर विदुरबाट फर्किए काठमाडौं
प्रधानमन्त्री बालेन बाढीमा घाइते भएकाहरुको अवस्था बुझेर विदुरबाट फर्किए काठमाडौं

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित नुवाकोटको विदुर र आसपासका क्षेत्रको निरीक्षण गरेका छन्।

Vigo
GBIME
Tata

उनले बिहीबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडक मार्ग हुँदै विदुर पुगेर बाढी प्रभावित बस्तीको भौतिक अवस्था र क्षतिको अवलोकन गरेका हुन्। उनले घायतेहरुको अवस्था पनि बुझेका छन्।

अवलोकनका क्रममा बालेनले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृतमा छलफल गरेको उनको सचिवालयले जनाएको छ।

बालेनले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्।

निर्देशन दिएर उनी काठमाडौं फर्किएका छन्।