BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी : २७० वटा शव फेला, २८ प्रहरीसहित ८ सय जनाभन्दा बढी सम्पर्कविहीन

२०८३ भदौ ११

भोटेकोशी बाढी : २७० वटा शव फेला, २८ प्रहरीसहित ८ सय जनाभन्दा बढी सम्पर्कविहीन
भोटेकोशी बाढी : २७० वटा शव फेला, २८ प्रहरीसहित ८ सय जनाभन्दा बढी सम्पर्कविहीन


काठमाडौं। भोटेकोशीमा बुधबार आएको बाढीमा परेर सम्पर्कविहीनको संख्या अझै आठ सय जनाभन्दा बढी छ। विभिन्न जिल्लाका तटीय क्षेत्रमा हालसम्म २ सय ७० जनाको शव भेटिएको छ।

Vigo
GBIME
Tata

नेपाल प्रहरीका अनुसार भोटेकोशीदेखि मस्याङ्दी र नरायणीसम्म ८ वटा जिल्लाका तटीय क्षेत्रमा शव फेला परिरहेका छन्।

सबैभन्दा धेरै चितवनमा १ सय ८ वटा शव फेला परेको छ। त्यस्तै नवलपुर (पूर्वी नवलपरासी)मा ६२, गोरखामा २०,  नुवाकोटमा १२, धादिङमा २७, तनहुँमा ९, नवलपरासी (पश्चिम)मा १५ जनाको शव फेला परेको छ।

सम्पर्कविहीन रहेकाहरुको खोजी जारी छ। नेपाल प्रहरीका पनि २८ जना प्रहरी सम्पर्कविहीन छन्। इप्रका टिमुरेमा कार्यरत २३ मध्ये १३, रसुवागढी चौकीका ९ मध्ये एक, स्याफ्रुबेंसी चौकीका ८ मध्ये ५, अस्थायी पोस्ट मैलुङका ८ मध्ये ३, वेत्रावती चौकीका १० मध्ये ९ र हाकु चौकीका ६ मध्ये ५ जना सम्पर्कमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा खटिएका छन्।