काठमाडौं। बाढी प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि बीवाइडीले ७ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।
चिनियाँ कम्पनी बीवाइडी र नेपालका लागि यसको आधिकारिक विक्रेता साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ दिने घोषणा गरेका हुन्।
यो सहयोगले नेपाली जनता दु:खमा परेको अवस्थामा आफ्नो सद्भाव देखाउने बीवाइडीले बताएको छ। बीवाइडीका उपाध्यक्ष लि जुलियाङले भोटेकोशी नदीमा आएको बाढीले भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै आफ्नो कम्पनी पीडित र उद्धारमा खटिएको टिमको साथमा रहेको बताएका छन्।