काठमाडौं। भन्सार विभागले उत्तरी नाका हुँदै नेपाल आउन लागेका सवारी साधनलाई वैकल्पिक नाका प्रयोग गर्न अनुरोध गरेको छ।
विभागले रसुवा र तातोपानी लगायतका नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी साधान, चालक तथा व्यवसायीहरूलाई हाल उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ।
विभागले कोरला नाका प्रयोग, वैकल्पिक मार्ग, भन्सार प्रकृया तथा अन्य आवश्यक सहजीकरणका लागि तयारी गरिएको जनाएको छ।
बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भन्सार कर्मचारी, सर्वसाधारण, व्यवसायी, मालवाहक सवारी चालक/सहचालक लगायत ठूलो जनधनको क्षति पुर्याएको छ।