BIZMANDU
www.bizmandu.com

भुर्तेलको अर्धशतकका बावजुद नेपाल ‘ए’ पराजित, मौनधारण गरेर सुरु भएको थियो खेल

२०८३ भदौ ११

भुर्तेलको अर्धशतकका बावजुद नेपाल ‘ए’ पराजित, मौनधारण गरेर सुरु भएको थियो खेल
भुर्तेलको अर्धशतकका बावजुद नेपाल ‘ए’ पराजित, मौनधारण गरेर सुरु भएको थियो खेल


काठमाडौं। नेपाली ‘ए’ क्रिकेट टोली हैदराबाद किंग्समेन एकेडेमी (एचएचकेए)सँग पराजित भएको छ। अस्ट्रेलियामा जारी टप एण्ड क्रिकेट अन्तर्गत आफ्नो पाँचौँ खेलमा एचएचकेएसँग नेपाल ३१ रनले पराजित भएको हो।

Vigo
GBIME
Tata

खेलअघि नेपाल ‘ए’ र एचएचकेएका खेलाडीले एक मिनेट मौनधारण गर्दै नेपालमा प्राकृतिक विपदबाट प्रत्यक्ष प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका थिए।

टस हारेर ब्याटिङमा उत्रिएको एचएचकेएले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो। यसक्रममा शेहान जयसूर्याले सर्वाधिक ६७ रन बनाउँदा शायन जहान्गिरले २७, हमद आजमले अविजित २६ तथा मिलिन्द कुमारले २५ रन बनाए।

बलिङमा नारायण जोशीले २ विकेट लिँदा राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ १९.२ ओभरमा १६६ रनमा समेटियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाउँदा लोकेश बमले ३८ रन बनाए।

तर, लगातार विकेट पतन हुँदा नेपालले गति लिन सकेन। नेपालको ब्याटिङ धराशायी बनाउन स्कट कुगेलेइन र उस्मान मिरले समान ३ विकेट लिँदा अली शेखले २ तथा उमेर खान र हमद आजमले १ विकेट लिए।

नेपालले अर्को खेलमा शीर्षस्थानको भिक्टोरिया ११ सँग भिड्नेछ। नेपाल ४ अंकसहित सातौँ स्थानमा रहँदा भिक्टोरिया ८ अंकसहित शीर्षमा छ।