BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेन बाढी प्रभावित विदुरमा, स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने

२०८३ भदौ ११

प्रधानमन्त्री बालेन बाढी प्रभावित विदुरमा, स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने
प्रधानमन्त्री बालेन बाढी प्रभावित विदुरमा, स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर गएका छन्। उनी बिहीबार बिहान ९:३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्।

Vigo
GBIME
Tata

बालेनसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि गएका छन्। ​बालेनले बिहीबार विदुर र आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।

​उनले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन्।