BIZMANDU
www.bizmandu.com

सर्वदलीय बैठकमा उद्धार र राहतमाथि छलफल, सबै राजनीतिक दलको एउटै धारणा बनाउने प्रयास

२०८३ भदौ ११

सर्वदलीय बैठकमा उद्धार र राहतमाथि छलफल, सबै राजनीतिक दलको एउटै धारणा बनाउने प्रयास
सर्वदलीय बैठकमा उद्धार र राहतमाथि छलफल, सबै राजनीतिक दलको एउटै धारणा बनाउने प्रयास


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदबारमा सुरु भएको छ। बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखामा आएको बाढीपछिको उद्धार तथा राहतबारे सबै राजनीतिक दलको एउटै धारणा बनाउन लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।

Vigo
GBIME
Tata

बैठकमा कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिवव शंकर पोखरेल, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरु सहभागी छन्। बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, श्रम संस्कृति पार्टीका नेता ध्रुवराज राई लगायत पनि छन्।

भोटेकोशी बाढीमा परेकाको उद्धार चलिरहेका बेला नेपाल प्रहरीका अनुसार हालसम्म १६२ जनाको शव फेला परेको छ। खोज तथा उद्धारमा नेपाल प्रहरीका मात्रै ३ हजार ३ सय १८ जनाको जनशक्ति परिचालित छ। सेना र सशस्त्र प्रहरी पनि परिचालित छ।

सरकारले उद्धारको काम गरिरहेका बेला दलहरु साझा धारणा बनाउन बैठकमा जुटेका हुन्।