BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा, बैंक सुपरिवेक्षणको जिम्मेवारी

२०८३ भदौ ११

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा, बैंक सुपरिवेक्षणको जिम्मेवारी
राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा, बैंक सुपरिवेक्षणको जिम्मेवारी

काठमाडौं। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा भएको छ। बैंक सुपरिवेक्षणको निर्देशक रहेकी पाण्डेको बुधबार बढुवा गरिएको हो।

Vigo
GBIME
Tata

बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावललाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेपछि कार्यकारी निर्देशक पद रिक्त थियो। राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशको दरबन्दी छ। पाण्डेलाई बैंक सुपरिवेक्षण विभागकै जिम्मेवारी दिइएको छ।

अहिले कायम दरबन्दीमा एक जना पनि महिला कार्यकारी निर्देशक थिएनन्। २०५९ चैतमा उनी नेपाल राष्ट्र बैंक प्रवेश गरेकी थिइन्।

सहायक निर्देशकबाट सेवा प्रवेश गरेको २३ वर्षपछि उनी कार्यकारी निर्देशक बनेकी  हुन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।