BIZMANDU
www.bizmandu.com

रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन, सम्पर्कमा रहेका पनि उद्धारको पर्खाइमा

२०८३ भदौ १०

रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन, सम्पर्कमा रहेका पनि उद्धारको पर्खाइमा
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन, सम्पर्कमा रहेका पनि उद्धारको पर्खाइमा

काठमाडौं। भोटेकोशीको बाढीमा परेका रसुवागढी भन्सारका १५ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। बुधबार साँझ ८ बजेसम्म पनि उनीहरू सम्पर्कमा नआएको अर्थ मन्त्रालयले जनाएको छ।  

Vigo
GBIME
Tata

अर्थ र भन्सार प्रशासनसँग सम्पर्कमा रहेका आठ जना कर्मचारी पनि उद्धार को पर्खाइमा रहेका छन्।

घटनामा घाइते भएका केहीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नायब सुब्बा धर्मराज शाही र तिलक पराजुलीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। दुवैको नर्भिक अस्पतालमा उपचार जारी छ। घाइते दुवैलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्।

उनीहरूसँगै उद्धार गरी ल्याइएका धनबहादुर थापा मगरको पनि सोही अस्पतालमा उपचार जारी छ।

मन्त्रालयका अनुसार साँझसम्म रसुवागढी भन्सारका कार्यालय प्रमुखसहित ८ जनाको हवाई उद्धारबाट काठमाडौं ल्याइएको छ।