BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा हराएका ६४ मध्ये ४६ प्रहरी सम्पर्कमा, ४१ घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

२०८३ भदौ १०

भोटेकोशी बाढीमा हराएका ६४ मध्ये ४६ प्रहरी सम्पर्कमा, ४१ घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै
भोटेकोशी बाढीमा हराएका ६४ मध्ये ४६ प्रहरी सम्पर्कमा, ४१ घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै


काठमाडौं। रसुवाको भोटेकोशीमा आएका बाढीमा परी बेपत्ता भएका ६४ मध्ये ४६ जना प्रहरी कर्मचारी सम्पर्कमा आएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले बुधबार साँझ ७:३० बजेम्म ती प्रहरी सम्पर्कमा आएको जनाएको हो।

Vigo
GBIME
Tata

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ मध्ये १३ जना सम्पर्कमा आएका छन्। यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना सम्पर्कमा आएका छन्। प्रहरी चौकी स्याफ्रुबेसीमा कार्यरत ८ मध्ये ५ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० मध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ मध्ये ५ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

बाढीपछिको खोज तथा उद्धारका लागि ६५६ जना प्रहरी परिचालित भएको जनाइएको छ।

घटनामा हालसम्म ९५ जनाको शव फेला परेको छ। रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा ३३, गोरखामा १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा ११ जनाको शव फेला परेको हो।

४१ जना घाइतेहरुको विभिन्नग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्ररहीका अनुसार २० जनाको त्रिवि शिक्षण अस्पताल, ४ जनाको ट्रमा सेन्टर, ३ जनाको वीर अस्पताल, १ जनाको वीरेन्द्र सैनिक अस्पताल, १ जनाको ग्रीन सिटी अस्पताल, ३ जनाको नर्भिक अस्पताल र ९ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ।