BIZMANDU
www.bizmandu.com

नेपालमा कहर मच्चाएको बाढीपछि उद्धार र खोजी जारी, चीनतर्फ के के प्रयास भइरहेको छ?

२०८३ भदौ १०

नेपालमा कहर मच्चाएको बाढीपछि उद्धार र खोजी जारी, चीनतर्फ के के प्रयास भइरहेको छ?
नेपालमा कहर मच्चाएको बाढीपछि उद्धार र खोजी जारी, चीनतर्फ के के प्रयास भइरहेको छ?


काठमाडौं । चीनले चीन नेपाल सीमामा गएको बाढी पछिको अवस्था मूल्यांकन गर्दै राहत र उद्धारकार्यलाई तिब्रता दिइरहेको छ। चीन सरकारले बाढी पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि ५ अर्ब रुपैयाँ आपतकालीन कोषबाट विनियोजन पनि गरेको छ।

Vigo
GBIME
Tata

नेपालतर्फ उद्धार, राहत र खोजीकार्य तिब्र भइरहँदा चीनतर्फ पनि सरकारले उद्धार टोली परिचालन गरेको छ। चिनियाँ संचारमाध्यमहरुले चीनको दक्षिण-पूर्वी सिगात्से स्थित केरुङ सीमा नाकामा ठूलो मानवीय क्षति भएको हुन सक्ने उल्लेख गरेका छन्। त्यस्तै, बाढीपछि धेरै मानिस बेपत्ता भएको जनाइएको छ।

केरुङतर्फ चिनियाँ भन्सार यार्ड बाढीले तहसनहस गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ। चीनबाट क्षतिको पूर्ण विवरण आएको छैन।

बाढी पछि चिनियाँ अधिकारीहरूले खोजी तथा उद्धार कार्य सुरु गरेका थिए। चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्यलाई तिब्रता मिलेको जनाइएको छ। उनले सम्पूर्ण शक्ति र स्रोत साधन परिचालन गर्न निर्देशन दिएका थिए। उनले आवश्यकता अनुसार नेपालसँग पनि समन्वय गरेर सहयोग गर्न निर्देशन दिएका छन्।

त्यस्तै, प्रभावितहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न, घाइतेको उपचार गर्न र दोहोरिन सक्ने सम्भावित जोखिमबाट जोगिन उनले आग्रह गरेका छन्। उनले अधिकारीहरुलाई त्यस्तो परिस्थितिबाट थप क्षति हुनबाट रोक्ने उच्च सतर्कता अपनाउन निर्देशन पनि दिएका छन्।

यसैगरी, प्रधानमन्त्री ली छियाङले बेपत्ता तथा प्रभावितहरुको विवरण तुरुन्त संकलन गर्न निर्देशन दिएका छन्। नेपालसँग संचार तथा समन्वयलाई पुन:स्थापित गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन उनले परराष्ट्र मन्त्रालयलाई निर्देशन पनि दिएका छन्।

उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयका लागि उपप्रधानमन्त्री झाङ गुओछिङको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली आज प्रभावित क्षेत्र केरुङ पुगेको पनि जनाइएको छ। यसबाट बेइजिङले यो बाढीलाई ठूलै महत्वका साथ हेरेको देखिएको विश्लेषण गरिएको छ।

चीनले विपद्‌ व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा दोस्रो स्तरको इमर्जेन्सी रेस्पोन्स सिस्टम लागू गरेको छ। जस अनुसार सुरक्षाका कारण केरुङ टाउनबाट भन्सार नाकातर्फ जाने सबै सडकमा दुईतर्फी सवारी साधन संचालनमा रोक लगाइएको जनाइएको छ। हाल उद्धार र आपत्तकालीन सवारीसाधनहरुलाई मात्र ती क्षेत्रको सडकमा आवागमनका लागि अनुमति दिइएको छ। 

केरुङ काउन्टीको विपद् व्यवस्थापन ब्युरोका अनुसार पहिरोका कारण केरुङ नाका जोड्ने चीनतर्फका मुख्य सडक, संचार सम्पर्क माध्यम र विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएका छन्।

त्यस्तै, सरकारले राहत र उद्धारका लागि ठूलो परिमाणमा सहायता सामग्री र बजेट स्वीकृत गरेको छ जनाइएको छ। हाल ३० हजार थान टेन्ट, चुलो, लत्ताकपडा, म्याट्रेस लगायतका आवश्यक सामाग्रीका लागि स्रोत रकम परिचालन गरिने जनाइएको छ।

आपतकालीन उद्धार तथा राहतका लागि प्राकृतिक विपद् उद्धार कोषबाट १२ करोड युआन (२ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी) विनियोजन गरिएको जनाइएको छ। सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि राष्ट्रिय विकास तथा सुधार आयोगबाट थप १० करोड युआन (२ अर्ब २० करोड रुपैयाँ भन्दा बढी) बजेट स्वीकृत गरिएको जनाइएको छ।

चीनको स्थानीय मौसम विज्ञान कार्यालयका अनुसार बुधबार साँझदेखि आइतबारसम्म वर्षा जारी रहने सम्भावना रहेका पूर्वानुमान गरेको छ। कार्यालयले तटीय तथा होचा क्षेत्रमा थप पहिरो र बाढीको जोखिम रहने चेतावनी दिएको छ।