BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकको अध्यक्षबाट प्रचण्डमान बाहिरिए, इमेलबाट पठाए राजीनामा, पूर्वमुख्यसचिव आउने

२०८३ भदौ १०

हिमालयन बैंकको अध्यक्षबाट प्रचण्डमान बाहिरिए, इमेलबाट पठाए राजीनामा, पूर्वमुख्यसचिव आउने
हिमालयन बैंकको अध्यक्षबाट प्रचण्डमान बाहिरिए, इमेलबाट पठाए राजीनामा, पूर्वमुख्यसचिव आउने

काठमाडौं। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बुधबार राजीनामा दिएका छन्। उनले बुधबार संचालक समितिलाई इमेलमार्फत राजीनामा पत्र पठाएका हुन्।

Vigo
GBIME
Tata

श्रेष्ठले बैंकको उच्च व्यवस्थापनलाई समेत इमेल गर्दै आफूले राजीनामा दिएको जानकारी दिएका छन्। उनी बैंक तथा वित्तीय संस्था परिसंघका पनि अध्यक्ष हुन्। उनले राजीनामा दिएपछि परिसंघमा पनि नयाँ अध्यक्ष आउनेछन्।

बुधबार नै बसेको बैंक संचालक समिति बैठकले उनकोश्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। स्थापनाकालकै लगानीकर्ता रहेका श्रेष्ठको बैंकमा राम्रै सेयर हिस्सा छ।

बैंक उच्च स्रोतका अनुसार अब बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल आउनेछन्।