काठमाडौं । भारतका विपक्षी दलका नेता राहुल गान्धीले नेपालमा आज गएको विनाशकारी बाढीका कारण पुगेको क्षतिबारे दु:ख व्यक्त गरेका छन्। उनले भारतीय तीर्थयात्रीसहित सयौं मानिसहरु बेपत्ता भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने शोकाकुल परिवारजनप्रति उनले समवेदना व्यक्त गर्दै बेपत्ता भएकाहरुको पर्खाइमा रहेका परिवारहरुप्रति सहानुभूति पनि प्रकट गरेका छन्।
उनले यो परिस्थितिमा भारतीय नागरिकको खोजी कार्य तीव्र पार्न र उनीहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता ल्याउन भारत सरकारसँग आग्रह गरेका छन्। त्यसका लागि उनले नेपाल सरकारका अधिकारीहरुसँग नजिक रहेर समन्वय गरेर सम्भव भएसम्मका सबै प्रयासहरु गर्न आग्रह गरेका छन्।
उनले विपत्तिको घडीमा प्रभावित नेपालका जनताको साथमा रहेको उल्लेख गरेका छन्।