BIZMANDU
www.bizmandu.com

टप एण्ड क्रिकेट : भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपाल ‘ए’को अर्को जित

२०८३ भदौ १०

टप एण्ड क्रिकेट : भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपाल ‘ए’को अर्को जित
टप एण्ड क्रिकेट : भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपाल ‘ए’को अर्को जित


काठमाडौं। नेपाल ‘ए’ ले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई हराएको छ। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड क्रिकेट प्रतियोगितामा नेपालले एसीटीमाथि ४ विकेटको जित निकालेको हो।

Vigo
GBIME
Tata

नियमित कप्तान अनिलकुमार साहलाई बेन्चमा राख्दै कुशल भुर्तेलको कप्तानीमा उत्रिएको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो। एसीटीले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १४० रन बनायो। उसका लागि डायलन हण्टरले सर्वाधिक ४४ रन बनाउँदा अन्स तिवारी र निक ब्रोइसले समान १९ रन बनाए।

बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिँदा युवराज खत्रीले २ तथा पवन सर्राफ, विपिन खत्री र शहाब आलमले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाउँदा पवन सर्राफले अविजित २९ तथा मयन यादवले २१ रन बनाए। बलिङमा एसीटीका ज्याक किओगले ३ विकेट लिँदा जित मेहेताले २ विकेट लिए।

योसँगै ४ अंक बनाएको नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ। अब नेपालले अर्को खेलमा हैदराबाद किंग्समेन एकेडेमीसँग बिहीबार खेल्नेछ।