काठमाडौं । तिब्बत हुँदै रसुवास्थित भोटेकोशीमा आएको बाढी पछि प्रभावित क्षेत्रमा राहत र उद्धारकार्य जारी रहेको छ। बाढीको प्रभाव धादिङ, नुवाकोट र चितवनसम्म परेको छ।
हालसम्म नेपाली सेना र निजी क्षेत्रले हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरेको जनाइएको छ। नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४ जना, त्रिशूली–काठमाडौंमा ३ जनाको उद्धार गरेको छ।
त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन्।
साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन्।
बाढीमा घाइते र उद्धार गरिएकाहरुको नुवाकोट, गोरखा र काठमाडौंमा उपचार भइरहेको छ। ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ। त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ।
साथै गोरखा टिमुरे गोसाइकुण्ड- ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ। टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा (ठेगाना नखुलेको), बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
साथै रसुवा अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको जनाइएको छ। अस्पतालमा सागर सहनी (वीरञ्ज), रमेशबहादुर बुढा (जुम्ला), ज्ञानबहादुर थिङ (सर्लाही), श्यामलाल मोक्तान (सिन्धुली), चन्द्रबहादुर बुढा (जुम्ला), तीर्थबहादुर बुढा (जुम्ला), उमेश रावल (अछाम), राजु तामाङ (धुन्चे, भुवनसिंह पाख्रिन (मकवानपुर, नीमा ग्याल्बो घले (मार्खु, तीर्थबहादुर कार्की (सिन्धुपालचोक, सुकुमान कामी (सानोहाकु, प्याल्याङ शेर्पा (स्यार्फु, रेजिन शेर्पा (स्यार्फु, मिसान तामाङ (स्यार्फु, प्रतिमा लामा (स्यार्फु, फुर्वा योन्जन तामाङ (स्यार्फु, उपेश चौधरी (बारा), रोहन चौधरी (बारा), नीमा कर्म (टिमुरे) र धुम्पु घले (टिमुरे)को उपचार भइरहेको रसुवा अस्पतालले जनाएको छ।