BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रको बाह्य सूचक थप बलियो, सञ्चिति करिब ३९ खर्ब, २३ महिनाको वस्तु आयात धान्ने

२०८३ भदौ १०

अर्थतन्त्रको बाह्य सूचक थप बलियो, सञ्चिति करिब ३९ खर्ब, २३ महिनाको वस्तु आयात धान्ने
अर्थतन्त्रको बाह्य सूचक थप बलियो, सञ्चिति करिब ३९ खर्ब, २३ महिनाको वस्तु आयात धान्ने


काठमाडौं। पछिल्लो एक वर्षमा विदेशी विनिमय सञ्चिति १२ खर्ब २० अर्ब रुपैयाँले थपिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा २६ खर्ब ७७ अर्ब रहेको यस्तो सञ्चिति ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब पुगेको हो।

Vigo
GBIME
Tata

अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ। कुल सञ्चितिमध्ये ३४ खर्ब ७३ अर्ब १९ करोड राष्ट्र बैंक र ४ खर्ब २४ अर्ब ४८ करोड बैंक तथा वित्तीय संस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

रेमिटेन्सको वृद्धिसँगै विदेशी विनिमय सञ्चिति बढ्नुका साथै चालु खाता समेत बढिरहेको छ। आर्थिक वर्ष २०८२/८३ असार मसान्तसम्म चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोडले बचतमा रहेको थियो।

त्यसैगरी, शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको थियो।

गतवर्ष आयात बढेपनि रेमिटेन्सको उच्च दरले वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचक थप बलियो देखिएका हुन्।