BIZMANDU
www.bizmandu.com

कृषि मन्त्री चौधरीको निर्देशन: बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउनु

२०८३ भदौ १०

कृषि मन्त्री चौधरीको निर्देशन: बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउनु
कृषि मन्त्री चौधरीको निर्देशन: बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउनु

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बाढीपछि पशुजन्य रोग फैलिन नदिनका लागि विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई निर्देशन दिएकी छन्।

Vigo
GBIME
Tata

उनले बाढीका कारण पशुजन्य रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न निर्देशन दिएकी हुन्।

बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यसम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य गर्न विभागलाई बताएकी छन् ।  

साथै, विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्न र पशुजन्य रोगको जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक कदम चाल्न उनले जोड दिएकी छिन्।