काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा ३७.१ प्रतिशत धेरै हो। असार महिनामा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रेमिटेन्स भित्रिएको छ।
वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४७ हजारले घटे पनि रेमिटेन्स भने उच्च दरले बढेको हो। डलरको भाउ बढेका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स बढेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।
गत वर्ष वैदेशिक रोजगारीमा जान ४ लाख ६ हजार ५१९ ले अन्तिम श्रम स्वीकृति र ३ लाख ८५ हजार ७८३ जनाले पुनः श्रम स्वीकृति लिएका थिए। यो संख्या अघिल्लो वर्ष क्रमश: ५ लाख ५ हजार ९५७ र ३ लाख ३३ हजार ३०९ थियो।