नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका देवीघाट, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी, तातोपानी, त्रिशूली ढुंगेबजार, महादेवफाँट र रातोमाटो लगायत क्षेत्र प्रभावित भएका छन्।
ड्रोनबाट देखिएको त्रिशूली बजारको दृश्य भयावह छ। बाढीले नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ।
नदी किनारका अधिकांश घर बगेका छन् भने धेरै संरचना बाढीको गेग्र्यानमा फसेका छन्। कतिपय ठाउँमा घरका अवशेष मात्रै देखिन्छन्।


बाढीले सडक पनि क्षतविक्षत बनाएको छ। बस्तीभरि हिलो र फोहोर थुप्रिएको छ।
त्रिशूली बजारमा आवतजावत प्रभावित भएको छ। स्थानीयको दैनिक जीवन अस्तव्यस्त बनेको छ।

ड्रोनबाट खिचिएको तस्बिरले बाढीको वास्तविक क्षति स्पष्ट देखाउँछ। नदीको बहावसँगै आएको बाढीले घर, सडक र संरचनामा क्षति पुर्याएको छ।

