काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चीनतर्फ नदी थुनिएर बनेको ताल पुरा नखुलेको कारण नेपालतर्फ अझै सतर्कता अपाउनुपर्ने जनाएको छ।
आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा क्षेत्रमा तहसनहस मच्चाएको थियो। यसको कहर चितवन, धादिङ र नुवाकोटसम्म परेको छ।
प्राधिकरणले चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको जनाएको हो। त्यसकारण भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको भनिएको छ।
प्राधिकरणले अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।