काठमाडौं। रसुवा भन्सार कार्यालयमा कार्यरतमध्ये २६ कर्मचारी सम्पर्कमा आएका छन्। कार्यालय प्रमुख राजेन्द्र ढुंगानासहित २६ जना सम्पर्कमा आएका हुन्।
कार्यालयमा दरबन्दीका ३६ तथा करार र ज्यालादारीका ४ कर्मचारी कार्यरत थिए। उनीहरुमध्ये दरबन्दीका ११ तथा करार र ज्यालादारीतर्फका ३ कर्मचारीको खोजी भइरहेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ।
बाढीले भन्सार कार्यालय रहेको क्षेत्र पूरै क्षतिग्रस्त भएको छ। भन्सार कार्यालय क्षेत्रबाट बाढीले ५०० भन्दा बढी गाडी बगाएको छ।