BIZMANDU
www.bizmandu.com

नाडामा बीवाइडीका तीन गाडी सार्वजनिक: सिलायन ७, एटो २ सनरुफ भेरियन्ट र शार्क ६

२०८३ भदौ १०

नाडामा बीवाइडीका तीन गाडी सार्वजनिक: सिलायन ७, एटो २ सनरुफ भेरियन्ट र शार्क ६
नाडामा बीवाइडीका तीन गाडी सार्वजनिक: सिलायन ७, एटो २ सनरुफ भेरियन्ट र शार्क ६


काठमाडौं। बीवाइडीले नाडा अटो शोमा तीनवटा नयाँ गाडी सार्वजनिक गरेको छ। बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले नयाँ सिलायन ७, एटो २ को सनरुफ भेरियन्ट र शार्क ६ गाडी सार्वजनिक गरेको हो।

Vigo
GBIME
Tata

नयाँ सिलायन ७ को मूल्य ९२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नयाँ भेरियन्टमा १७५ किलोवाट मोटर पावर रहेको कम्पनीले जनाएको छ।

सिलायन ७ मा प्यानोरामिक सनरुफ, १५.६ इन्चको रोटेटिङ टचस्क्रिन, एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स सिस्टम लगायत फिचर उपलब्ध छन्।

त्यस्तै, बीवाइडीले एटो २ को सनरुफ भेरियन्ट पनि नाडा अटो शोमा सार्वजनिक गरेको छ। यसको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

सनरुफबाहेक कम्पनीले यो भेरियन्टमा केही नयाँ सुरक्षा फिचर थप गरिएको जनाएको छ। अन्य प्रमुख फिचर तथा स्पेसिफिकेसन भने यसअघिको एटो २ कै रहेको कम्पनीको भनाइ छ।

यसैगरी, बीवाइडीले आफ्नो नयाँ पिकअप शार्कलाई पनि नाडा अटो शोमा सार्वजनिक गरेको छ। तर, शार्कलाई हाल शोकेसका रूपमा मात्रै राखिएको कम्पनीले जनाएको छ।

नाडा अटो शोमा बीवाइडीले नयाँ मोडल तथा भेरियन्टमार्फत आफ्नो प्रिमियमदेखि मास-मार्केट सेग्मेन्टसम्मको उपस्थितिलाई थप विस्तार गरेको छ।

नयाँ सिलायन ७ र एटो २ सनरुफ भेरियन्टमा मुख्य परिवर्तन नयाँ भेरियन्ट तथा थप फिचरतर्फ केन्द्रित भए पनि बाँकी अधिकांश फिचर अघिल्ला संस्करणसँग समान रहेका छन्।