BIZMANDU
www.bizmandu.com

विपद् प्राधिकरणको प्रारम्भिक निष्कर्ष : हिमपहिरोले थुनिएको तिब्बती नदी खोलिँदा वारि विपद्

२०८३ भदौ १०

विपद् प्राधिकरणको प्रारम्भिक निष्कर्ष : हिमपहिरोले थुनिएको तिब्बती नदी खोलिँदा वारि विपद्
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस


काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तिब्बतमा हिमपहिरोका कारण थुनिएको नदी खोलिँदा नेपालमा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

Vigo
GBIME
Tata

रसुवामा आएको ठूलो बाढीले व्यापक क्षति गरिरहँदा प्राधिकरणले बैठक गर्दै यसका सम्भावित कारण केलाएको हो। बैठकले बाढी आउनुको प्रारम्भिक कारणबारे समेत छलफल गरेको छ।

नदीको बहाव खोलिएकोबारे प्राधिकरणले बुधबार बिहान ९ बजे मात्रै जानकारी पाएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले थुनिएको नदी खोलिएपछि एकाएक बाढी आएको बताइन्।

‘आइसमेल्ट नै हो। हिउँपहिरोले नदी थुनिएको थियो। त्यो नदी खुलेका कारण एकाएक बाढी आएको भन्ने छ,’ उनले भनिन्।

चाँडो जानकारी नहुँदा नेपालमा बाढी आउनेबारे पूर्व जानकारी दिन नसकिएको उनको भनाइ छ। तिब्बततर्फको लेन्दे खोलाबाट नेपालमा भोटेकोशीहुँदै बाढी ८ बजेर ४० मिनेटमा प्रवेश गरेको थियो।