BIZMANDU
www.bizmandu.com

रसुवा बाढीको असर सेयर बजारमा : हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको मूल्यमा उच्च गिरावट

२०८३ भदौ १०

रसुवा बाढीको असर सेयर बजारमा : हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको मूल्यमा उच्च गिरावट
रसुवा बाढीको असर सेयर बजारमा : हाइड्रोपावर र निर्जीवन बीमा कम्पनीको मूल्यमा उच्च गिरावट


काठमाडौं। भोटेकोशीमा आएको बाढीले वितण्डा मच्चाउँदाको असर सेयर बजारमा देखिएको छ।

Vigo
GBIME
Tata

बुधबार बिहान रसुवाको भोटेकोशीमा एकाएक आएको बाढीले जलविद्युत आयोजनामा ठुलो क्षति पुर्‍याएपछि त्यसको असर सेयर बजारमा देखिएको हो।

निर्जीवन बीमा कम्पनी र बाढीले क्षति पुर्‍याएका जलविद्युत आयोजनाको सेयर मूल्यमा उच्च गिरावट आएको छ। कारोबार खुलेदेखि बुधबार ओरालो लागेकामा इन्ट्रा डेमा ३६ अंकले गिरावट आएको छ।

हाइड्रोपावरको सूचक २.८३ प्रतिशतले घटेको छ। रसुवागढी आयोजनाको सेयर मूल्य १४.६६ प्रतिशतले घटेको छ। १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरमा बाढीले क्षति पुगेको छ।

एक वर्षअघि पनि बाढीले क्षति पुर्‍याएको यो आयोजना १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीमा थियो।

बाढीले क्षति पुर्‍याएको चिलिमे हाइड्रोपावरको सेयर मूल्य ९.२८ प्रतिशतले घटेको छ। सेलिङ प्रेसरका कारण कम्पनीको सबैभन्दा धेरै ८० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

बाढीबाट ६० मेगावाटको अप्पर त्रिशुली-२ ए, २४ मेगावाटको त्रिशुली हाइड्रोपावर, १४.१ मेगावाटको देवीघाट हाइड्रोपावर, ३७ मेगावाट त्रिशुली-३बी, २१६ मेगावाट क्षमताको अप्पर त्रिशुली, ५ मेगावाटको सानो मैलुङ लगायत एक दर्जन आयोजनामा क्षति पुगेको छ।

त्यसको असर निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा परेको छ। बाढीले जलविद्युत आयोजनामा क्षतिका साथै ५०० भन्दा बढी सवारीसाधन ब९ाएका कारण निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ३.३५ प्रतिशतले ओरालो लागेको हो। बाढीका कारण भएको क्षतिमा निर्जीवन बीमा कम्पनीले दायित्व बेहोर्नु पर्ने हुन्छ।