BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढी : एपीएफले राख्यो एक सय वटा बेड र स्वास्थ्यकर्मी तयारी अवस्थामा

२०८३ भदौ १०

भोटेकोशी बाढी : एपीएफले राख्यो एक सय वटा बेड र स्वास्थ्यकर्मी तयारी अवस्थामा
भोटेकोशी बाढी : एपीएफले राख्यो एक सय वटा बेड र स्वास्थ्यकर्मी तयारी अवस्थामा

काठमाडौं। बाढीपहिरोमा परेर उद्धार गरिएकाहरुका लागि उपचार व्यवस्थापन भइरहेको छ। सशस्त्र प्रहरीले तयारी गरेको हो।

Vigo
GBIME
Tata

भोटेकोसी नदी आएको बाढीले भोटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ। तिब्बततर्फबाट आएको बाढीले गरेको क्षतिमा सुरक्षाकर्मी उद्धार तथा खोजमा जुटेका छन्। यही बेला घाइतेहरूको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा एक सय बेड र  स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको छ।

सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट ३ प्लाटुन सुरक्षाकर्मी काठमाडौँस्थित एयरपोर्टमा तयारी अवस्थामा राखिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट ४५ जनाको टोली नुवाकोटको लागि पठाइएको छ। बाढीले नुवाकोटको त्रिशूली, देवीघाट, बट्टारमा ठूलो क्षति गरेको छ।