काठमाडौं। भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि निजी क्षेत्रका सात वटा हेलिकोप्टर परिचालन गरिएको छ।
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीसहित विभिन्न कम्पनीका सात वटा हेलिकोप्टर रसुवा र नुवाकोटतर्फ प्रस्थान गरेको वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले जानकारी दिए।
बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवस्थापनका लागि केहीबेरअघि नेपाली सेनाको टोली परिचालन भएको थियो। सेनको टोली दुई वटा हेलिकोप्टरसहित त्रिशूली बजार क्षेत्रमा खटिएको हो।